प्रधानमन्त्री दाबी गर्न दाहाल पुगे शीतलनिवास !



प्रधानमन्त्री दाबी गर्न दाहाल पुगे शीतलनिवास !

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि बहुमत दलहरूको सहमतिसहित दाबी गर्न आइतबार साँझ ५ बजेसम्मका लागि दिएको समयसीमा सकिनै लाग्दा ओली र दाहाल शीतल निवास पुगेका हुन् ।

आइतबार दिउँसो ओली निवास बालकोटमा बसेको नयाँ गठबन्धन दलहरूको बैठकबाट माओवादी केन्द्रका अध्यक्ष दाहाललाई साढे २ वर्षका लागि प्रधानमन्त्री बनाउने सहमति भएको छ । त्यसपछि सरकारको नेतृत्व एमालेले गर्ने बताइएको छ ।

यसका लागि एमाले र माओवादीसहित विभिन्न सात दलको सहमति छ । जसअनुसार संसद्‍मा १६६ सांसदहरूले दाहालको नेतृत्वको सरकारलाई समर्थन जनाउने छन् । आइतबार बालकोट बैठकको सहमति अनुसार नेकपा एमाले,

माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका १६६ सांसदले एमाले-माओवादीसहितको नयाँ गठबन्धनलाई साथ दिनेछन् ।

प्रकाशित मिति : २०७९ पुष १० गते आइतवार