संविधान र गठबन्धन बचाउन देउवालाई समर्थन : रामचन्द्र पौडेल



संविधान र गठबन्धन बचाउन देउवालाई समर्थन : रामचन्द्र पौडेल

काठमाडौँ – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र गठबन्धन बचाउन आफूले सभापति शेरबहादुर देउवालाई समर्थन गरेको बताएका छन् ।

संसदीय दलको निर्वाचनमा मतदान गर्न सिंहदरबार पुगेर पौडेलले मतदानअघि सन्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै संविधान र गठबन्धन बचाउन देउवालाई समर्थन गरेको बताएका हुन् ।

कांग्रेस संसदीय लदको निर्वाचनमा उनले सभापति देउवालाई समर्थन गरेका छन् । संसदीय दलको निर्वाचन केही बेरमा सुरु हुँदैछ । दलको नेतामा सभापति देउवा र महामन्त्री गगन थापा उम्मेदवार छन् ।

गगन संसदीय दलको नेता हुँदा संविधान बचाउन नसक्ने हुन् ? भन्ने सन्चारकर्मीको प्रश्नको उनले प्रष्ट जवाफ दिएनन् । जवाफमा उनले गठबन्धन बचाउन आफूले देउवालाई समर्थन गरेको दोहोर्‍याए ।

प्रकाशित मिति : २०७९ पुष ६ गते बुधवार