एमालेको सपोर्टमा प्रचण्ड प्रधानमन्त्री बन्ने पक्का ! राष्ट्रपती एमालेको भागमा
नेकपा एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीकाे औपचारिक अफर गरेकाे छ ।
सत्ता गठबन्धन छाेडेर आए प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले तयार भएकाे हाे । आज बिहान एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रचण्डलाई भेटेर यस्ताे प्रस्ताव गरेका हुन् ।
उनले प्रचण्डलाई प्रधानमन्त्री बनाएर वामपन्थी सरकार बनाउने र प्रदेशमा पनि साेही अनुसार भागवण्डा गर्ने प्रस्ताव प्रचण्डलाई सुनाएका छन् ।
नेम्वाङले राष्ट्रपति भने एमालेबाट हुनुपर्ने प्रचण्डलाई बताएकाे स्राेतले भनेकाे छ । नेम्वाङलाई प्रचण्डले के जवाफ दिए भन्ने चाहिँ खुलिसकेकाे छैन ।
प्रकाशित मिति : २०७९ पुष ५ गते मङ्गलवार





