जापानमा एक नेपालीको मृत्यु ! हार्दिक श्रद्दाञ्जली
जापान, पुस ३ गते । जापानको टोकियोमा एक नेपालीको मृत्यु भएको छ । सुगिनामी वार्ड अन्तर्गत होरिनोउची बस्दै आउनुभएका भोजपुरका ४२ वर्षीय दिवस राईकाे गए राति मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
१३ वर्षदेखि जापानमा श्रीमतीसहित बस्दै आउनुभएका राई गए राति ११ बजे आफ्नै कोठामा मृत अवस्थामा भेटिनुभएकाे थियाे । शनिवार राति ११ बजे श्रीमती कामबाट
फर्कँदा राई मृत अवस्थामा भेटिएको र तुरुन्तै प्रहरीलाई खबर गरी प्रहरीको जिम्मा लगाएको पारिवारिक स्रोतले जनाएको छ ।
राईको मृत्युको कारण पोस्टमार्टमपछि मात्र थाहा हुने प्रहरीले जनाएको छ । सरिता थापा
प्रकाशित मिति : २०७९ पुष ५ गते मङ्गलवार





