कतारका राजाले मेसीलाई लगाइदिएको कालो पोसाकको विशेषता यस्तो छ
२२औँ संस्करणको विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचाल्न स्टेजमा पुगेका विश्व च्याम्पियन अर्जेन्टिनी कप्तान लियोनल मेसीलाई कतारी राजा शेख तमिन विन अल थानीले कालो र सुनौलो रङको जालीदार पोसाक लगाइदिएका थिए ।
त्यो कालो र सुनौलो रङको पोसाक कस्तो किसिमको र किन मेसीलाई कतारी राजा थानीले लगाएको भन्ने जिज्ञासा उठिरहेको छ ।
लुसेल रंगशालामा आयोजित ट्रफी वितरण समारोहमा मेसीले लगाएको पोसाक विशेष थियो ।
कतारमा विशेष अवसर र विशिष्ट व्यक्तिलाई सम्मान गर्नका लागि यस्तो किसिमको पोसाक उपहार वा लगाइदिने चलन रहेछ । समकालीन फुटबलकै महान् खेलाडी बनेका मेसीको यसै सफलतामा कतारी राजा थानीले अर्जेन्टिनी कप्तानलाई पोसाक लगाइदिएका हुन् ।
‘यस्तो किसिमको पोसाक एक विशेष समारोहका लागि बनाइन्छ, हामीले मेसीको सफलताको सम्मानस्वरूप भेट गराएका हौँ,’ विश्वकप फुटबलको आयोजक समितिका महासचिव हसन अलले भने, ‘यसै समारोहबाट हामीले मुस्लिम राष्ट्रको संस्कृति पनि विश्वसामु चिनायौँ ।’





