एम्बाप्पेले जिते गोल्डेन बुट ! तर उनि किन खुशी छैनन् ?



एम्बाप्पेले जिते गोल्डेन बुट ! तर उनि किन खुशी छैनन् ?

दोहा: फिफा विश्वकपको फाइनलमा अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गरेसँगै किलियान एम्बाप्पेले गोल्डेन बुट जितेका छन्। समूह ‘डी’मा परेको फ्रान्सका लागि एम्बाप्पेले पहिलो खेलमा अस्ट्रेलियाविरुद्ध पहिलो गोल गरेका थिए।

समूह चरणको दोस्रो खेलमा डेनमार्कविरुद्ध दुई गोल गरेका एम्बाप्पे तेस्रो खेलमा ट्युनिसियासँग पहिलो रोजाईमा परेका थिएनन्। सब्स्टिच्युट खेलाडीको रुपमा मैदान प्रवेश गरे पनि एम्बाप्पे गोल गर्न असफल रहे।

अन्तिम १६ मा उत्कृष्ट प्रदर्शन गरेका एम्बाप्पले सर्बियाविरुद्ध दुई गोल गरेका थिए। क्वार्टरफाइनलमा इङ्ल्यान्डविरुद्ध गोल गर्न असफल रहेका एम्बाप्पले सेमिफाइनलमा पनि मोरक्कोको रक्षापंक्ति छिचोल्न सकेनन्।

यद्यपि, एम्बाप्पेले अर्जेन्टिनाविरुद्ध फाइनलमा ह्याट्रिक गरे पनि विश्वकपको उपाधि रक्षा गर्न पर्याप्त बनेन। सन् १९६६ मा इङ्लिस खेलाडी जियोफ हर्स्टले वेस्ट जम्र्रनीविरुद्ध फाइनलमा ह्याट्रिक गरेका थिए। ह्याट्रिकसहित एम्बाप्पेले कुल आठ गोल गरे। फ्रान्सलाई चार वर्षअघि विश्वकप विजेता बनाएका एम्बाप्पेले यो संस्करणमा पनि उत्कृष्ट प्रदर्शन गरे। यद्यपि, चोटले पिरोलिएको फ्रान्सले उपाधि रक्षा गर्न सकेन।

गोल्डेन बल मेसीलाई

अर्जेन्टिनालाई विश्वकप च्याम्पियन बनाएका कप्तान लियोनेल मेसीले गोल्डने बुट जितेका छन्। मेसीले जारी विश्वकपमा सात गोल र तीन असिस्ट गरेका थिए। फाइनलमा फ्रान्सविरुद्ध दुई गोल गरेका मेसी सात पटकका बालन डी’अर विजेतासमेत हुन्। मेसीले यसअघि सन् २०१४ मा पनि अर्जेन्टिनालाई फाइनलमा पुर्याउँदा गोल्डेन बुट जितेका थिए।

गोल्डेन ग्लोब मार्टिनेजलाई

यस्तै, गोल्डेन ग्लोब अर्जेन्टिनी गोलकिपर इमिलियानो मार्टिनेजले जितेका छन्। कतारमा खेलेका सात खेलमा तीन क्लिनसिट राखेका मार्टिनेज पेनाल्टी सुटआउटमा नायक बने। उनले क्वार्टरफाइनलमा नेदरल्यान्ड्सविरुद्ध दुई पेनाल्टी रोकेका थिए। यस्तै, आइतबार राति भएको फाइनलमा उनले एउटा पेनाल्टी बचाएका थिए।

उत्कृष्ट युवा खेलाडी फर्नान्डेज

विश्वकप विजेता अर्जेन्टिनाकै एन्जो फर्नान्डेज उत्कृष्ट युवा खेलाडी बनेका छन्। पहिलो खेलमा पहिलो रोजाईमा नपरेका फर्नान्डेज मेक्सिकोविरुद्ध दोस्रो हाफमा मैदान प्रवेश गरेर गोल गरेका थिए। त्यसपछि टिममा स्थापित भएका फर्नान्डेज अर्जेन्टिनाको च्याम्पियन यात्रामा महत्त्वपूर्ण सदस्य बनेका थिए।

प्रकाशित मिति : २०७९ पुष ४ गते सोमवार