काठमाडौँ । विश्वकप फुटबल अन्तिम चरणमा प्रवेश गरेको छ । डिफेन्डिङ च्याम्पियन फ्रान्स र दुई पटकको विजेता अर्जेन्टिना फाइनलमा पुगेका छन् । यी दुईबीचको उपाधिका लागि भिडन्त आइतबार (डिसेम्बर १८) लुसेल रंगशालामा हुनेछ । पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले र दोस्रो सेमिफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० ले हराएको थियो । अब दुवै टोली पहिलो पटक फाइनलमा आमनेसामने हुँदैछन् ।
पछिल्लो विश्वकप (२०१८) मा फ्रान्स प्रि-क्वार्टरफाइनलमा लियोनल मेसीको टोलीलाई ४–३ ले हराएर प्रतियोगिताबाट बाहिरिएको थियो । अर्जेन्टिना तेस्रो पटक च्याम्पियन बन्ने लक्ष्यमा छ । उनले सन् १९७८ र १९७८ मा उपाधि जितेका थिए । योसँगै फ्रान्स सन् १९९८ र २०१८ मा च्याम्पियन बनेको थियो ।
यस पटक अर्जेन्टिनालाई च्याम्पियन बनाउने पक्षमा धेरै संयोग छन् । यस रिपोर्टमा अर्जेन्टिनाको पक्षमा देखिएका चार संयोग बारे चर्चा गर्दैछौं ।
अर्जेन्टिनाले स्पेन जस्तै चमत्कार गर्न सक्छ
मेसीको अर्जेन्टिना यस विश्वकपमा आफ्नो पहिलो खेलमा साउदी अरेबियासँग पराजित भएको छ । त्यसपछि उनी फर्किए र फाइनलमा पुगे । सन् २०१० मा स्पेनमा पनि त्यस्तै भयो। पहिलो खेलमा स्विट्जरल्याण्डसँग १–० ले पराजित भएको थियो । त्यसपछि स्पेन फर्कियो र उपाधि कब्जा गर्यो । पहिलो खेलमा हार बेहोरेपछि च्याम्पियन बन्ने पहिलो टोली बनेको छ । अब अर्जेन्टिनासँग स्पेनको जस्तै उपलब्धि हासिल गर्ने मौका छ ।
पेनाल्टीसँगको संयोग
अर्जेन्टिनाका कप्तान लियोनल मेसीले पोल्याण्डविरुद्धको तेस्रो समूह चरणको खेलमा पेनाल्टी मिस गरे । यसअघि सन् १९७८ र १९८६ मा अर्जेन्टिना च्याम्पियन बनेपछि तेस्रो खेलमा पनि यसका खेलाडीले पेनाल्टीमा गोल गर्न सकेनन् । सन् १९७८ मा हंगेरीविरुद्धको तेस्रो खेलमा अर्जेन्टिनाका मारियो केम्पेसले पेनाल्टीमा गोल गर्न सकेनन् । त्यसपछि सन् १९८६ मा बुल्गेरियाविरुद्धको समूह चरणको तेस्रो खेलमा डिएगो म्याराडोनाले पेनाल्टी मिस गरे । अब तेस्रो खेलमा पेनाल्टी मिस गरेपछि यसपटक अर्जेन्टिनाको टोली च्याम्पियन बन्छ या बन्दैन त्यो भने आइतबारको खेलपछि मात्र थाहा हुने छ ।
मोरक्को, क्यानडा र बेल्जियमको संयोग
यसपटक मोरक्कन टोली समूह एफमा पहिलो, बेल्जियम तेस्रो र क्यानडा चौथो स्थानमा रह्यो । यस्तो १९८६ मा पनि भएको थियो । त्यसपछि समूह ‘एफ’ मा मोरक्को पहिलो, समूह ‘बी’ मा बेल्जियम तेस्रो र समूह ‘सी’ मा क्यानडा चौथो स्थानमा रहेको थियो । अर्जेन्टिना सन् १९८६ मा च्याम्पियन बनेको थियो । अब यो संयोगको फाइदा अर्जेन्टिनालाई मिल्छ कि मिल्दैन त्यो हेर्नु छ ।
पिएसजीसँगको संयोग
पिएसजी क्लब र विश्वकप उपाधि बीच गजबको संयोग देखिएको छ । अर्जेन्टिनाले विश्वकप जित्नसक्ने संयोग बनेको देखिएको छ । जसमा दुई विश्वकपमा पिएसजी क्लबमा आवद्ध भएका खेलाडीले त्यसको अर्को बर्ष भएको विश्वकप जितेको संयोग देखिएको छ । अर्जेन्टिनाका कप्तान लियोनल मेसी हाल क्लब स्तरमा फ्रान्सको पिएसजीबाट खेलिरहेका छन् ।
ब्राजिलियन रोनाल्डिन्होले सन् २००१ मा पीएसजीसँग अनुबन्धन गरेका थिए । त्यसको एक वर्षपछि उनको टोलीले २००२ मा जापान र दक्षिण कोरियामा भएको फिफा विश्वकपको उपाधि जितेको थियो । यससँगै किलियन एम्बाप्पेले सन् २०१७ मा पिएसजी क्लबसँग आवद्ध भएका थिए र त्यसको अर्को वर्ष २०१८ मा भएको विश्वकप फ्रान्सले जितेको थियो ।
अब २०२१ मा क्लबमा आवद्ध भएका मेसी २०२२ मा च्याम्पियन बन्न सक्छन् कि सक्दैनन् हेर्न बाँकी छ ।





