पहिलाे हाफ अगाडि क्राेएसियालाई २–१ गाेलकाे अग्रता, ओरसिचले गरे दाेस्राे गाेल



पहिलाे हाफ अगाडि क्राेएसियालाई २–१ गाेलकाे अग्रता, ओरसिचले गरे दाेस्राे गाेल

काठमाडौं– मिडफिल्डर मिस्लाभ ‌‌ओरसिचकाे गाेलकाे सहयाेगले क्राेएसियाले ४२ मिनेटमा २ गाेलकाे अग्रता बनाएकाे छ।

लिभाजाकाे पासमा ओरसिचले माेरक्काेका गाेलरक्षककाे गाेल पाेस्टभन्दा अगाडि निस्किएकाे अवस्थाकाे फाइदा उठाउदै गाेल गरे।

यसअघि ७ मिनेटमा क्राेएसियाले लिएकाे अग्रतालाई माेरक्काेले दुई मिनेटमा बराबरी गरेकाे थियाे। क्राेएसियाका लागि जास्काे गाभार्डिओलले इभान पेरिसिचकाे पासमा गाेल गरेेका थिए। ९ मिनेटमा अचरफ डारीले बराबरी गाेल गरेका थिए।

प्रकाशित मिति : २०७९ पुष २ गते शनिवार