कतार विश्वकपः यस्ता छन् मेस्सीले बनाएका रेकर्डहरु ! जो तपाईलाई थाहा छैन



कतार विश्वकपः यस्ता छन् मेस्सीले बनाएका रेकर्डहरु ! जो तपाईलाई थाहा छैन

एजेन्सी । महान फुटबलर मध्ये एक मानिने लियोनल मेस्सीले कतारमा जारी फिफा विश्वकपमा अर्जेन्टिनालाई फाइनलमा पुर्याए । उनी इतिहास रच्नबाट एक कदम मात्र टाढा छन्। फाइनल खेलमा फ्रान्सलाई हराएर उनले आफ्नो उत्कृष्ट करिअरको सबैभन्दा ठूलो ट्रफी पनि आफ्नो नाममा राख्ने रणनीतिमा रहेका छन् ।

मेस्सीले कतारमा जारी विश्वकप नै आफ्नो करिअरको अन्तिम विश्वकप भएको बताइसकेका छन् । विश्वकप ट्रफी जित्ने उनको यो अन्तिम मौका हो । उनले आफ्नो करिअरमा जम्मा ५ विश्वकप खेलेका छन् र यस अवधिमा उनले यस्ता धेरै रेकर्ड बनाएका छन् ।

फिफाको आधिकारिक वेबसाइटका अनुसार लियोनेल मेस्सी पाँचवटा फिफा विश्वकपमा देखा परेका ६ खेलाडीमध्ये एक हुन्। मेस्सी बाहेक अन्य खेलाडीमा एन्टोनियो कार्बाजल, लुथर म्याथुस, राफा मार्क्वेज, आन्द्रेस गार्डाडो र क्रिस्टियानो रोनाल्डो रहेका छन् ।

मेस्सीले फिफा विश्वकपमा अहिलेसम्म २५ खेल खेलिसकेका छन् । उनी जर्मनीका विश्वकप विजेता कप्तान लोथर म्याथौससँगै सबैभन्दा धेरै विश्वकप खेल्ने खेलाडी हुन्।

लियोनल मेस्सीको नाममा विश्वकपमा सबैभन्दा धेरै खेल खेल्ने कीर्तिमान छ । उनले विश्वकपका १८ खेलमा अर्जेन्टिनाको कप्तानी गरेका छन् । उनीपछि १७ खेल खेलेर दोस्रो नम्बरमा राफा मार्क्वेज छन् ।मेस्सी विश्वका एक मात्र फुटबलर हुन् जसले पाँच विश्वकपको हरेक संस्करणमा एसिस्ट गरेका छन्। यस दौडमा उनको सबैभन्दा नजिक आउने खेलाडीहरू पेले, ग्रेगर लाटो, डिएगो म्याराडोना र डेभिड बेकह्याम हुन्। यी चार फुटबलरले तीन विश्वकपमा एसिस्ट गरेका थिए ।

विश्वकपको नकआउट चरणमा सर्वाधिक असिस्ट गर्ने कीर्तिमान पेले र लियोनल मेस्सीको नाममा छ । यो चरणमा दुवैको ६ वटा असिस्ट छन् ।लियोनल मेस्सी विश्वकपमा ११ गोलसहित अर्जेन्टिनाका सर्वाधिक गोलकर्ता हुन्। उनीपछि १० गोलका साथ दोस्रो नम्बरमा गेब्रियल बाटिस्तुटा, ८ गोलसहित तेस्रो नम्बरमा डिएगो म्याराडोना, ८ गोलसहित संयुक्त तेस्रोमा गुइलेर्मो स्टेबिले, ६ गोलसहित चौथो र ५ गोलका साथ मारियो केम्पेस पाँचौं स्थानमा छन् ।

पाओलो माल्डिनीले विश्वकपमा सबैभन्दा बढी २ हजार २ सय १७ मिनेट खेलेका छन् । उनको पछि मात्र लियोनल मेस्सी छन् । अर्जेन्टिनाका कप्तानले विश्वकपमा अहिलेसम्म २ हजार १९४ मिनेट खेलिसकेका छन् । फाइनलमा मेस्सीले विश्वकपमा सबैभन्दा धेरै मिनेट खेल्ने कीर्तिमान बनाउन सक्छन् ।

लियोनल मेस्सी विश्वका एक मात्र फुटबलर हुन् जसले आफ्नो किशोर, २० र ३० को दशकमा गोल गरेका छन्। पेले यो कीर्तिमान ४ बनाउन चुकेका थिए ।लियोनल मेस्सीले १६ वर्ष १८० दिनको अन्तरमा विश्वकपमा आफ्नो पहिलो र अन्तिम गोल गरेका थिए । मेस्सीपछि पहिलो र अन्तिम विश्वकप गोलबीच १६ वर्ष १६० दिनको दोस्रो ठूलो अन्तर क्रिस्टियानो रोनाल्डोको नाममा छ ।

प्रकाशित मिति : २०७९ पुष २ गते शनिवार