मोरक्कोलाई धरीधरी रुवाउदै फ्रान्स पुग्यो फाईनलमा ! अब अर्जेन्टिनालाई सजिलै हराउने लक्ष्य



मोरक्कोलाई धरीधरी रुवाउदै फ्रान्स पुग्यो फाईनलमा ! अब अर्जेन्टिनालाई सजिलै हराउने लक्ष्य

काठमाडौं । अफ्रिकन राष्ट्र मोरक्कोलाई २–० गोलको नतिजमा पराजित गर्दै साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप २०२२ को फाइनल प्रवेश गरेको छ ।अल बायट रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा फ्रान्सलाई जित दिलाउन थियो हर्नान्डेजको र रानदाल कोलो मुआनीले गोल गरे ।

खेलको पाँचौं मिनेटमा हर्नान्डेजले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।ओसुमाने डेम्बेलेको स्थानमा मैैदान प्रवेश गरेका मुआनीले ‘फस्ट चट’ मै गाल गरेका थिए ।मुआनीको गाल विश्वकप इतिहासमा सब्सिट्युट खेलाडीले गरेको दोस्रो छिटो गोल हो । यसअघि सन् १९६२ मा ब्राजिलका सेलेकोले गरेका थिए ।

पहिलो पटक सेमिफाइनल सम्म पुगेको मोरक्कोले निर्धारित समयसम्म गोल गर्ने कहि अवसर पाएपनि फिनिसिङमा चुकेको थियो ।
फ्रान्स सन् २००२ मा ब्राजिल पछि लगातार दोस्रो पटक फाइनल पुग्ने पहिलो टिम बनेको छ । यस्तै, सन् १९९० मा जर्मनी पछि लगातार फाइनल पुग्ने पहिलो युरोपियन राष्ट्र बन्यो ।

यससँगै फ्रान्स सन् १९९८ पछि चौथो पटक विश्वकप फाइनल पुगेको हो । त्यसयता २००६, २०१८ मा फाइनल पुगेको थियो ।
विश्वकप उपाधिका लागि फ्रान्सले आईतबार अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ ।समूह चरणमा अपराजित रहँदै नकआउट चरण पुगेको मोरक्कोले अन्तिम १६ मा स्पेन र क्वार्टरफाइनलमा पोर्चुगललाई हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो ।

यसअघिका पाँच भेटमा फ्रान्स मोरक्कोसँग कहिले पनि पराजित भएको थएिन ।लगातार दुई खेल जित्दै अन्तिम १६ मा स्थान बनाएकाे फ्रान्स समूह चरणकाे अन्तिम खेलमा ट्यूनिसियासँग पराजित भएपनि समूह विजेताकाे हैसियतले नकआउट चरण पुगेकाे थियाे । अन्तिम १६ मा पाेल्यान्ड र क्वार्टरफाइनलमा इङ्ल्यान्डलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएकाे थियाे ।

प्रकाशित मिति : २०७९ मङ्सिर २९ गते बिहिवार