मोरक्कोको सहासीक खेल, यस कारण पुरा भएन विश्वकप जित्ने चाहाना



मोरक्कोको सहासीक खेल, यस कारण पुरा भएन विश्वकप जित्ने चाहाना

काठमाडौै– विश्वकपको सेमिफाइनलमा पहिलो पल्ट प्रवेश गर्ने अफ्रिकी राष्ट्रको इतिहास बनाएको मोरक्कोले डिफेन्डिङ च्याम्पियन फ्रान्सविरूद्ध साहसीक खेल प्रदर्शन गरे पनि २–० को हार टार्न सकेन।

बुधबार राती कतारको अल बायेत रंगशालामा दोस्रो सेमिफाइनलमा पराजित भएपछि मोरक्को प्रतियोगिताबाट बाहिरिएको छ भने फ्रान्स लगातार दोस्रो पल्ट विश्वकपको फाइनल प्रवेश गरेको छ।

आइतबार हुने फाइनल खेल उसले अर्जेन्टिनाविरूद्ध खेल्नु पर्नेछ। अर्जेन्टिना मंगलबार रातीको पहिलो सेमिफाइनलमा क्रोएसियलाई ३–० गोलले पराजित गर्दै फाइनल पुगिसकेको छ।

प्रकाशित मिति : २०७९ मङ्सिर २९ गते बिहिवार