सेरेम्बानमा क्यान्टिन चलाएर बस्ने ठाकुर माथि दूई नेपाली सुरक्षा गार्ड ह’त्या आरोप मा मृत्युदण्ड
क्यान्टिन चलाएर बस्ने ३७ वर्षीय ठाकुर प्रसाद भण्डारी माथि ३५ वर्षीय मनोजकुमार चौधरी र ४६ वर्षीय कृष्णकुमार दमाई परियारको ह’त्या गरेको आरोप छ ।
सेरेम्बानमा दूई नेपाली सुरक्षा गार्ड ह’त्या अभियोग मा पक्राउ पर्ने ठाकुर प्रसाद भण्डारी को आज देखि अदालतमा मुद्दा सुरु भएको छ । तदनुसार अभियुक्तलाई दण्ड संहिताको दफा ३०२ बमोजिम अभियोग लागेकोले साबित भए उनलाई मृ’त्युदण्डको सजाय हुन्छ ।
डिसेम्बर ३ बिहान ९ बजे देखि दिउँसो ४ बजे सम्म जालान हरुआन ४/७, पुसट कोमेर्सियल ओकल्यान्ड, सेरेम्बनको को खाना खाने क्यान्टिन मा ह’त्या गरिएको थियो।
प्रहरीले ३ डिसेम्बर को दिन ठाकुर लाई मादक पदार्थ सेवन गरेको हालत मा ह’त्या हुने ठाउँ बाट प’क्राउ गरिएको थियो साथै ह’त्यामा प्रयोग भएको हतौडा हतियार पनि फेला पारेको थियो ।
मलेशिया प्रहरी अनुसार “घटना स्थल नेपाली सुरक्षा गार्डहरू लाई खाना खुवाउने क्यान्टिनको रूपमा प्रयोग गरिएको मानिन्छ। मृतक नेपाली सुरक्षा गार्डहरू घटनास्थलको नजिकै पछाडिको भवनमा बस्थे।





