दक्षिण कोरिया पुगेका मगर ओछ्यानमै अस्ताए
रोजगारीको लागी दक्षिण कोरिया पुगेका सोलुखुम्बुका एक युवकको सुतेकै ठाउँमा ज्यान गएको छ । सोलु दूधकुण्ड नगरपालिका ३ तामाखानी घर भई दक्षिण कोरियाको हव्साङसीमा
कार्यरत २९ वर्षीय रामप्रकाश मगरको हिजो ज्यान गएको हो । बेलुका राम्रैसङ्ग सुतेका मगरको हृदयघातका कारण ज्यान गएको हुन सक्ने अनुमान गरिएको छ ।
उनी केही दिनदेखि प्रेसरका कारण सामान्य बिरामी रहेको परिवारले जनाएको छ । मगर करिब ५ बर्षअघि भाषा परिक्षा पास गरेर कोरिया पुगेका थिए ।

प्रकाशित मिति : २०७९ मङ्सिर २८ गते बुधवार





