फाइनलमा प्रवेश गरकोअर्जेन्टिनाले विश्वकपमा बनायो यतिधेरै रेकर्ड



कतारमा जारी विश्वकपमा क्रोएसियालाई ३–० ले हराउँदै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ ।

खेलको ३४ औं मिनेटमा लिओनल मेसीले गरेको पेनाल्टीमार्फत् गरेको गोलले अग्रता लिएको अर्जेन्टिनाका लागि जुलियान अल्भारेजले ३९ र ६९ औं मिनेटमा गोल गरेका थिए ।

योसँगै विश्वकपको फाइनलमा अर्जेन्टिना छैटौं पटक पुगेको छ । फाइनलमा सबैभन्दा धेरै पटक पुग्ने देशको रुपमा त्यसैले अर्जेन्टिनाले आफ्नो नाम दर्ज गरेको छ । विश्वकपको फाइनलमा छ पटक पुग्ने अरु दुई देश हुन्, इटाली र ब्राजिल । जर्मनी भने विश्वकपको फाइनलमा सबैभन्दा धेरै आठ पटक पुगेको छ ।

आजको खेलमा दुई गोल गरेका अल्भारेजले अहिलेसम्म अर्जेन्टिनाका लागि ६ गोल गरेका छन्, तीमध्ये विश्वकप २०२२ मा मात्र उनले ३ गोल गरेका हुन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर २८ गते बुधवार