बढ्यो मलेसियन रिङ्गेटको भाउ ! अरुदेशको मुद्राको भाउ यस्तो छ हेर्नुहोस
काठमाडाैं । आजकाे लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेकाे छ । आजकाे लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ ७६ पैसा र बिक्री दर १३२ रुपैयाँ ३६ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १३९ रुपैयाँ १२ पैसा र बिक्रीदर १३९ रुपैयाँ ७५ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १६१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १६२ रुपैयाँ ४५ पैसा तथा अष्ट्रेलियन
डलर एकको खरिददर ८९ रुपैयाँ ४९ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८१ पैसा कायम भइ कारोबार भइरहेको छ । यस्तै आज जापानी यन १० को खरिददर ९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९ रुपैयाँ ६८ पैसा तथा कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६ पैसा र बिक्रीदर ३६ रुपैयाँ २२ पैसा रहेको छ ।






