कुवेतमा खोटाङकी कल्पना राईको मृत्यु, परिवारलाई सम्पर्कमा आउँन दुताबासको अनुरोध



कुवेतमा खोटाङकी कल्पना राईको मृत्यु, परिवारलाई सम्पर्कमा आउँन दुताबासको अनुरोध

कुवेत सिटी। बैदेशिक रोजगारीको शिलशिलामा कुवेत आएकी कल्पना राईको मृ’त्यु भएको खबर प्राप्त भएको छ। खोटाङको ऐसेलुखर्क-५ फुर्सेकी कल्पनाले नोभेम्बर १६ तारिखमा आ’त्मह’त्या गरेको बुझिएको छ।

कुवेतमा घरेलु कामदारको रुपमा कार्यरत (पासपोर्ट नं. १०६८४८०५) रहेकी मृतक कल्पनाको परिवारलाई सम्पर्कमा आउँन नेपाली राजदूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण सिलवालले आग्रह गरेका छन। उनले के कारणले आत्महत्या गरिन भन्ने बारेमा खुल्न नसकेको बताइएको छ।

मृतकको परिवार सम्पर्कमा आए पश्चात मृतक कल्पनाको श’व नेपाल पठाउने प्रक्रिया अघि बढ्ने हुदा यदि कुवेतमा कार्यरत खोटाङ्ग जिल्लाबासी कसैलाई मृतकको बारेमा जानकारी र परिवारसँग चिनजान भएमा नेपाली राजदूतावास कुवेतमा सम्पर्क गराईदिनुहुनसमेत अनुरोध गरिएको छ।

हिमाल सञ्चार बाट

प्रकाशित मिति : २०७९ मङ्सिर २६ गते सोमवार