पूर्वि नवलपरासीको कावासोतीमा बलेरोले ठक्कर दिदा पैदल यात्रीको मृत्यु



पूर्वि नवलपरासीको कावासोतीमा बलेरोले ठक्कर दिदा पैदल यात्रीको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा १० च ६७१७ नम्बरको बलेरोले कावासोतीको थकाली चोकमा बेलुका ६ः३० बजेतिर ठक्कर दिदा पैदल यात्री गंगा दत्त पाध्यको ज्यान गएको जिल्ला प्रहरी कार्यलय नवलपुरले जनाएको छ ।

बलेरोको ठक्कर पश्चात स्थानियले तत्कालै उद्दार गरेर कालीगण्डकी अस्पताल पठाएका थिए । अस्पताल पुर्याएको केही समयमानै डाक्टरले मृत घोषित गरेको जनाईएको छ ।

ठक्कर दिने बलेरोको चालकलाई नियन्त्रमा लिईएको प्रहरी कार्यलयले जनाएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर २४ गते शनिवार