अमेरिकाको मेरिल्याण्डमा एक नेपाली यूवाको घरमै सुतेको अवस्थाम निधन



अमेरिकाको मेरिल्याण्डमा एक नेपाली यूवाको घरमै सुतेको अवस्थाम निधन

अमेरिकाको मेरिल्याण्ड राज्यस्थीत रकभीलमा एक नेपाली युवाको आफ्नै घरमा सुतेको अवस्थामा निधन भएको छ ।नेपालको उदयपूर जिल्लाको गाईघाट साउने घर भएका ३७ बर्षका भूपाल कुमार मगरको मंगलबार विहान निधन भएको पारिवारीक श्रोतले जानकारी दिएको छ ।“सोमबार बेलुका भूपाल भर्जिनियाका आफन्तको घरमा भएको पूजामा गएका थिए ।” भूपालका फुपाजु उद्धव खपागींले भने ।

भूपालले त्यहां आफ्नो दुई महिनाको छोराको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै काखमा लिएर पूजास्थललाई तीन फन्को घुमेको पनि फुपाजु खपागींले सम्झिए ।भूपाल घरमा आएर पनि खाना खाएर सुतेका थिए ।

“राती साढे २ बजेतीर छोरा रोयो । सधैं उहां उठेर फुल्याउनु हुन्थ्यो तर उठ्नु भएन । म उठ्दा उहांलाई श्वासप्रश्वासमा समस्या भएको देखें । छटपटाईरहनु भएको थियो । के भयो भन्दै झकझक्याएं । उहांलाई धेरैपटक बोलाउने कोशिस गरें । उहांले नबोलेपछि ईमरजन्सीमा कल गरें ।” श्रीमती पारु थापाले भनिन, “रेस्क्यु टिमले बेड मै आएर केही प्रयास गर्यो तर केही पार लागेन, ३ बजेतीर ‘डेथ डिक्लियर’ गरिदियो ।

भूपालको शबलाई अहिले बाल्टिमोर मेडिकल सेन्टरमा पोष्टमार्टमका लागि राखिएको उद्धवले जानकारी दिए । हिजो धेरै ‘डेड बडी’ को पोष्टमार्टम गर्नु पर्ने भएकोले पालो आएन । आज पोष्टमार्टम हुन्छ । अनि अन्तिम संस्कारका बारेमा निर्णय गर्छौं ।” उद्धवले भने ।

भूपाल सन् २०१४ मा डिभी लटरी परेर अमेरिका आएका थिए । सन् २०१८ मा नेपाल गएर उदयपुर बांसबोटेकी पार्बती थापा ‘पारू’ संग विवाह गरेर फर्किएका थिए ।भूपालकी श्रीमती अमेरिका आएको एक बर्ष मात्र भएको छ । उनीहरुबाट जन्मिएको छोरा अहिले दुई महिनाका छन् ।

घट्नाका बारेमा बुझ्न नेप्लिज डायस्पोराका समाचार संकलकले उद्धवसंग कुरा गर्दा श्रीमान गुमाएकी पार्बती पनि संगै थिईन । उनले फोनमा समाचार संकलकलाई भनिन्- “तपाईको समाचारमा हामी तीनजनाको अन्तिम तस्वीर पनि संगै राखिदिनु होला । मैले ठूलो भएपछि छोरालाई उस्को बाबुको बारेमा त्यो समाचार देखाउने छु ।”भूपालको निधनको खबर नेपाल आफन्तलाई पनि पठाईसकिएको जानकारी प्राप्त भएको छ ।

भूपालको श्रीमती र छोरालाई यहांका उनका साथीभाईहरुले सहयोग गरिरहेका छन् ।भूपाल केही समयदेखि डब्लुएफजी नामक कम्पनीसंग पनि आबद्ध थिए । पारिवारको आर्थिक सुरक्षाको बारेमा ख्याल गर्नुपर्छ भनेर चेतना जगाउने सहयोग गर्ने गर्थे ।

“उनले यो संसार छाडेर जादै गर्दा परिवार र समाजलाई आर्थिक भार भने थोपरेका छैनन । उनले फेमिली प्रोटेक्सन वापत १.२ मिलियनको ईन्सुरेन्स खरीद गरेर बसेका थिए ।” डब्लुएफजीका सिनियर मार्केटिगं डाईरेक्टर समेत रहेका उद्धव खपांगीले भने ।

उनले थपे, “भूपाल अति नै रमाईलो र असल मान्छे थिए । उनले धेरै छिटो यो संसार छाडेर गएकोमा हामी दु:खी छौं । उनको अभाव परिवारमा सधै खड्किईरहनेछ तर, उनले परिवारको जिम्मेवारी चटक्क छाडेर गएनन् । जादाजादै एउटा लिगेसी भने छोडेर गएका छन् ।”

नेप्लिज डायस्पोराबाट

प्रकाशित मिति : २०७९ मङ्सिर २२ गते बिहिवार