गोवामा रसियन युवतीलाई बला’त्कार गरेको आरोपमा दुई नेपाली पक्रा’उ
काठमाडौं। उत्तरी गोवाको कलङ्गुटस्थित एक होटलको कोठामा ३७ वर्षीया रसियन युवतीलाई बला’त्कार गरेको आरोपमा दुईजना नेपाली युवालाई पक्रा’उ गरिएको छ।
पक्राउ पर्नेहरूमा बर्दियाका २३ वर्षीय सखिल अन्सारी र सोही उमेरका सयुमधिन अन्सारी रहेको उत्तर गोवाका एसपी नि’धिन वाल्सनले बताएका छन्।
प्रहरीका अनुसार बिहीबार गोवा पुगेकी ती महिला अन्य दुई जनासँग होटलमा बसेकी थिइन्। विभिन्न पर्यटकीय स्थल घुमिसकेपछि उनी बिहीबार साँझ आफ्नो कोठामा फर्किइन्।पीडित मापसे गरेर सुत्न भनि आफ्नो होटेलको कोठामा पुगिन् तर त्यो समयमा उनीसँग आएका अरु दुई जना रूममेटहरूु त्यहाँ थिएनन्,एसपी नि’धिन वाल्सनले भने।
दुईजना अभियुक्त मध्ये एकजनाले सरसफाइको बहानामा पहिले कोठामा पसेर पीडित युवतीलाई जबर्ज’स्ती कर’णी गरेको पीडितले बताइन्।
मदिराको नशामा भएको कारण उनले आफू बला’त्कृत भएको कुरा थाहा पाइनन्। पछि अर्को अभियुक्त कोठामा पसेर बला’त्कार गर्न खोज्दा उनी मद्दत माग्दै चिच्याइन्, एसपीले भने। शुक्रबार पक्रा’उ परेका उनीहरूलाई प्रह’रीले मु’द्दा दर्ता गरी थप अनु’सन्धान गरिरहेको छ।





