ललितपुरको गोदावरीमा खुल्यो कित्ताकाट



काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका क्षेत्रमा जमिको वर्गीकरण भएको छ । आफ्नो नगरभित्र पर्ने जग्गा–जमिन १८ कात्तिकमा वर्गीकरण गरिसकेको नगरपालिकाका प्रवक्ता मिलन सिलवालले बताए ।

‘यस क्षेत्रमा कृषि र गैरकृषि भूमि वर्गिकरण गरी २२ कात्तिकमै मालपोत कार्यालयलाई पत्राचार गरिसकेका छौं’ उनले भने, ‘अब रोक्का रहेको कित्ताकाट र अंशबण्डा पनि फुकुवा भइसकेको छ ।’

गोदावरी नगरभित्र पनि कृषियोग्य भूमि कमै भेटिएको छ । अधिकांश जग्गा आवासीय र खानी क्षेत्रमा वर्गीकरण भएको प्रवक्ता सिलवालले बताए । ‘कृषियोग्य भूमि भनेर ७ र ९ नम्बर वडाका केही भागहरु परेका छन्, अरु जमिनलाई आवासीय र खानी क्षेत्रमा वर्गीकरण गरिएको छ’ उनले भने ।

प्रकाशित मिति : २०७९ मङ्सिर ११ गते आइतवार