बिहीवार एक प्रेस विज्ञप्ति जारी गर्दै ढकालले डडेल्धुराका जनतालाई गाली नगर्न आग्रह गरेका छन् ।विज्ञप्तिमा उल्लेख छ, ‘डडेल्धुराका जनता हाम्रो लागि भगवान् सरह हुनुहुन्छ । उहाँहरूको गल्ती केही पनि छैन । मेरो मत १३००० भन्दा बढी आएको छ, जुन निकै राम्रो हो ।’
उनले जनताभन्दा पनि नेता र प्रशासन सच्चिनुपर्ने बताएका छन् । मौन अवधिमा पैसा र भ्रमको बेजोड चलखेल भएको उनको आरोप छ । ‘डाँडाडाँडामा ४ महिना लगाएर निकै दुःख गरेर दाँतबाट पसिना बगाएर बनाएको माहोल ५–७ दिनको हेलिकप्टर, पैसा र
भ्रमले उडाइदियो,’ विज्ञप्तिमा उल्लेख छ, ‘मैले पाएको मत निकै शक्तिशाली मत हो । हावाहुरी, आँधीबेहरी आए पनि नढल्ने मत हो । गर्व छ मलाई किन यति हुँदा पनि मलाई यत्रो साथ यहाँ पाएको छु – शहर बजार सबै सागरमय यहाँका जनताले बनाइदिनुभयो । आभारी छु । अब २–४ दिने हेलिकप्टरको हावाहुरीले जनतालाई केही पनि नहल्लाउने गरी काम गर्नेछु ।’





