नवलपुर २ मा एमाले र कांग्रेस बिच कडा प्रतिसपर्धा यस्तो छ पछिल्लो अबस्था
राजु सुवेदी मंसिर ७ नवलपुर २ को प्रतिनिधी सभा सदस्यको निर्वाचनको पतपरिणाम निकै नै रोचक र कडा प्रतिस्पर्धा देखिएको छ । सुरु देखीनै नेपाली कांग्रेसका विष्णु कुमार कार्कीले
अग्रता बनाउदै आएका यस निर्वाचन क्षेत्रमा पछिल्लो नतिजा अनुसार जम्मा ९९ सय मत को अन्तर रहेको छ ।
सत्ता गठबन्धनका उम्मेदवार समेत रहेका कार्कीले २२ हजार ७ सय २८ मत ल्याएका छन् भने
नेकपा एमालेका तिलक महतले २२ हजार ६ सय २९ मत प्राप्त गरेर कार्कीलाई कडा टक्कर दिएका छन् । अब एमालेका महत र कार्की बिचको अन्तर सय भन्दा कममा झरेको छ । अहिलेसम्म ५५ हजार ९६९ मत गनिएको छ । यस २ नम्बर क्षेत्रमा ८५ हजार माथी मत खसेको छ ।
प्रकाशित मिति : २०७९ मङ्सिर ७ गते बुधवार





