चितवन २ मा रवि लामिछानेलाई १२ हजार ६ सय मतको अग्रता



राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निकटतम प्रतिद्वन्द्वीभन्दा १२ हजार ६ सय ८९ मतको अग्रता कायम गरेका छन् ।

कुल खसेको मतको ४६.१७ प्रतिशत मतगणना हुँदा उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णभक्त पोखरेलभन्दा १० हजार ७ सय ९५ मतको अग्रता कायम गरेका हुन् ।

लामिछानेले २२ हजार १ सय १ मत ल्याउँदा एमालेका पोखरेलको मत ९ हजार ४ सय १२ छ । कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले ९ हजार ३ सय ६ मत मात्र प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर ७ गते बुधवार