चितवन–२ मा रवि लामिछाने दोब्बर मतान्तरले अगाडि ! पछिल्लो नतिजा हेर्नुहोस
चितवन । चितवनको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले भारी मतान्तरका साथ अग्रता कायम गरिरहेका छन् । पछिल्लो ताजा मतपरिणाम अनुसार ३३ हजार ७७८ मत गणना गर्दा रवि लामिछानेले १५ हजार ४४३ मत प्राप्त गरेका छन् ।
लामिछाने आफ्नो प्रतिद्वन्द्धी नेकपा (एमाले)का कृष्ण भक्त पोखरेल भन्दा ७ हजार ५३ मतान्तरले अगाडि रहेका छन् । दोस्रोमा रहेका एमालेका पोखरेलले ८ हजार ३९० मत प्राप्त गरेका छन् । त्यस्तै, तेस्रोमा रहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले ७ हजार ९२४ मत प्राप्त गरेका छन् ।
त्यस्तै, राप्रपाका रविन अधिकारीले २६६ मत, नेमकिपाका ज्ञानेन्द्र प्रजाले ३७ मत, जसपा नेपालका मुस्तफा अलीले २१ मत, हाम्रो नेपाली पार्टीका अमृत तामाङले ७२ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर ७ गते बुधवार





