काठमाडौं । काठमाडौं–२ बाट प्रतिनिधिसभामा रास्वपाकी उम्मेदवार सोविता गौतम निर्वाचित भएकी छिन् ।
नेकपा एमालेका मनिराम फुँयाललाई हराउँदै गौतम निर्वाचित भएकी हुन् । गौतमले १५२२९ मत ल्याउँदा फुँयालले ११५५५ मत ल्याए ।
यो क्षेत्रबाट गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी नेतृ ओनसरी घर्ती ९४४८ मत ल्याएर चौथो स्थानमा छिन् ।
प्रकाशित मिति : २०७९ मङ्सिर ७ गते बुधवार





