चितवन-२ मा रवि लामिछाने १४ सय मतले अघि



चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता कायमै राखेका छन्। उनलाई १४ सय मतको अग्रता छ। लामिछानले पछिल्लो समय मतान्तर बढाउँदै लगेका छन्। मतगणना जारी छ।

ताजा मतपरिणाम अनुसार लमिछानेले १४ सयको मतान्तर बनाएका छन्। लामिछानेले ५ हजार ७९८ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले ४ हजार ३९३ मत प्राप्त गरेका छन्।

यस्तै नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ ३ हजार ८५३ मतसहित तेस्रो स्थानमा छन् । सुरुवाती मतगणनामा पछि परेका लामिछाने केहिबेरबाट भने निरन्तर अगाडि रहेका छन्।

प्रकाशित मिति : २०७९ मङ्सिर ६ गते मङ्गलवार