चितवन-२ मा रवि लामिछानेलाई झन्डै हजार मतको अग्रता



चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो मतपरिणाम अनुसार लामिछानेले ५ हजार १२८ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णभक्त पोखरेलले ४ हजार १६६ मत ल्याएका छन्।

यसैगर‍ी नेपाली कांग्रेसका उमेश श्रेष्ठ ३ हजार ७०६ मतसहित तेस्रो स्थानमा छन्।

प्रकाशित मिति : २०७९ मङ्सिर ६ गते मङ्गलवार