डोटी-१ मा प्रेम आलेको अग्रता, एमालेकी गौरीले पछ्याउँदै



डोटी । डोटी-१ मा एक हजार ३ सय मत गणना हुँदा गठबन्धन तर्फका एकीकृत समाजवादीका प्रेम आलेले अग्रता लिएका छन्।

उनले ७ सय ५० मत ल्याई अग्रता लिएका छन्।

यस्तै एमालेकी गौरी ओलीले ४ सय ५० मत ल्याएकी छिन्। यस्तै स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले ५२ र राष्ट्रिय स्वतन्त्र पार्टीका केशव बलायरले ६ मत ल्याएका छन्।

प्रकाशित मिति : २०७९ मङ्सिर ५ गते सोमवार