ललितपुर । ललितपुर-३ मा नेकपा एमालेको अग्रता कायमै छ । एमालेका अमृत खड्काले ७८४ मत सहित अग्रता लिइरहेका छन् ।
सत्तारुढ गठबन्धनकी उम्मेदवार पम्फा भुसाल पनि प्रतिस्पर्धामा आएकी छन् । भुसालले ६९४ मत पाएकी छन् । यसअघिको नतिजामा भुसाल निकै पछाडि परेकी थिइन् ।
भुसाललाई राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले पछ्याइरहेकी छन् । तोसिमाले ६७३ मत पाएकी छन् ।
प्रकाशित मिति : २०७९ मङ्सिर ५ गते सोमवार





