सुस्ताको डुबान समस्या समाधान गर्न विनोद चौधरीको पहल
सत्ता गठबन्धनको तर्फबाट नवलपरासी क्षेत्र नम्बर ०१ का प्रतिनिधि सभा सदस्य विनोद चौधरीले सुस्तामा हुने बाढी र डुबानको समस्या समाधान गर्न पहल अगाडि बढाएका छन् ।
चौधरीले नारायणी नदीका कारण प्रत्येक वर्ष सुस्ता, प्रतापपुरलगायत क्षेत्रमा हुने बाढी तथा डुबानको समस्या समाधान गर्न पहल अगाडि बढाएका हुन् । मतदाताले चौधरीसँग नारायणी नदीले हुने बाढी डुबानको दीर्घकालीन समस्या समाधान गर्न माग गरेपछि उनले
आफ्नो पहल अगाडि बढाएका हुन् । सो क्षेत्रमा बाढीका कारण करिब १० हजार परिवार पीडित छन् । चौधरीले डुबानको समस्या समाधान गर्न दीर्घकालीन सिचाई योजना अगाडि बढाउनुपर्ने एजेण्डा अघि सारेपछि मतदाता चौधरीप्रति आशावादी बनेका छन् ।
प्रकाशित मिति : २०७९ कार्तिक २० गते आइतवार





