कुमारबर्ती क्याम्पस रोड व्यवसायी संघ गठन, सापकोटाको नेतृत्वमा एघार कार्यसमिती चयन



राजु सुवेदी कात्तिक ३,
नवलपुर /कावासोती कुमारबर्ती रोडका व्यवसायी हरु एकतृत भएका छन् ।

व्यापार तथा व्यवसायीको हितको लागि बिहिवार कुमारबर्ती रोडमा ब्यापार व्यवसाय गरेर बसेका झण्डै ८० जना व्यवसायीको उपस्थितिमा कुमारबर्ती क्याम्पस रोड व्यवसायी संघ गठन गरिएको छ ।

भेलाले इश्वर सापकोटा को नेतृत्वमा ११ सदस्यीय कार्यसमिती चयन गरेको छ । कार्य समितिमा ईश्वर सापकोटा अध्यक्ष ,उपाध्यक्ष माया भण्डारी,सचिब अनुराग कडेल,सह सचिब सचिन श्रेष्ठ, कोषाध्यक्ष बिष्णु कडेल रहनु भएको छ ।

त्यसैगरी सदस्यहरु मा रितु पोख्रेल,सर्बजित बस्नेत,कर्ण कार्की,हेमु सापकोटा, ज्ञानेन्द्र पाठक र आनन्द सागर रहनुभएको छ ।

यस क्षेत्रमा रहेका व्यवसायीले दशै र तिहार को मौका पारेर चिट्ठा योजना समेत ल्याएका थिए । चिट्ठा मा प्रथम हुनेलाइ खसी उपहार राखिएको छ । चिट्ठा यहि कात्तिक ६ गते खोलिने जनाइएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक ३ गते बिहिवार