Samsung Malaysia को ठूलो घोषणा, छायो खुसियाली..
क्वालालम्पुर : मलेसियाको राजधानी क्वालालम्पुरबाट एक घन्टाको यात्रापछि पोर्ट केलाङमा रहेको औद्योगिक क्षेत्रमा रहेको सामसुङ मलेसिया कम्पनीले कामदारलाई उत्कृष्ट सुबिधा दिने कम्पनीमा परेको छ ।
सामसुङ मलेसिया कम्पनीले २०२२ जनवरी देखिको महिना देखिकै लागू हुनेगरी बेसिक तलब १५ सय देखि बढि पुराएको छ । यो घोषणा संगै अन्य कम्पनीलाई अब बेसिक तलब १५ सय र सो भन्दाबढि बनाउनै पर्ने दबाब सृजना भएको छ भने अन्य ठुला कम्पनीलाई पनि तलब सुबिधा बढाउन दबाब आएको छ ।
सेवा सुबिधा र बेसिक तलब मापनको मामिलामा पहिलो कम्पनी बनेको छ । अन्य कम्पनीले १६ सय बेसिक तलब दिने गरेकोमा दुई चार वटा कम्पनिले मात्रै सरकारले तोकेको बेसिल तलब भन्दा धेरै तलब दिएका छन् ।
सामसुङ मलेसिया कम्पनीले २०२२ जनवरी देखिको महिना देखिकै लागू हुनेगरी बेसिक तलब १५ सय पुराएको छ ।मलेसियामा रहेको सामसुङको फ्याक्ट्रीमा ठूलो संख्यामा नेपाली कामदार काम गर्दै आएको मलेसियामै रहेका एक नेपालीले बताए ।
कामको मामिलामा थोरै गाह्रो भए पनि तलब र अन्य सेवा सुबिधा राम्रो मानिन्छ सामसुङ मलेसियामा ।स्थानीय समाचार संस्थाले जनाए अनुसार मलेसियामा सबैभन्दा धेरै बेसिक तलब दिने पहिलो कम्पनी नै सामसुङ रहेको जनाएको छ ।





