कोकाकोलाले वैदेशिक रोजगारीमा गएकालाई १४ जनालाई फिर्ता ल्यायो



कोकाकोला नेपालको पहलमा वैदेशिक रोजगारीमा गएका १४ जनालाई दसैँ मनाउन स्वदेश फिर्ता ल्याइएको छ । ‘सम्बन्धउत्सव स्वादसँग’ क्याम्पेनअन्तर्गत कुवेतमा रहेका र धेरै लामो समयसम्म आफ्नो परिवारसँग टाढा रहेका उनीहरूलाई नेपाल ल्याइएको हो ।

लामो समयपछि आफ्नो परिवारसँग मिलन हुँदाको ‘म्याजिकल’ पलहरूलाई कैद गरेर कोकाकोलाले एउटा भिडियो पनि बनाएको छ । कोकाकोलाको माध्यमबाट नेपाल फर्किएकी कान्छीमाया तामाङले दसैँ–तिहारमा परिवारसँग हुन पाउँदा खुसी लागेको बताइन् ।

कोकाकोलाले सम्बन्धहरूमा विश्वास गर्ने र चाडबाडको समयमा सम्बन्धहरूलाई अझै नजिक बनाएर म्याजिक छर्न चाहेको कम्पनीका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले बताए ।

प्रकाशित मिति : २०७९ कार्तिक २ गते बुधवार