साउदी अरवमा लागु भयो तलब सम्वन्धी नयाँ व्य’वस्था, ६ लाख नेपाली कामदार लाभा’न्वित हुदै



साउदी अरब । साउदी अरबमा कार्यरत कामदारका लागि साउदी सरकारले श्रम संर’क्षण योजनाअन्र्तगत तल’बसम्बन्धी नयाँ व्यवस्था सार्वजनिक गरेको छ ।

साउदी अरबको श्रम मन्त्रा’लयले तीन हजार ५९५ निजी कम्पनीमा कार्यरत झण्डै चार लाख पाँच हजार ५९० काम’दारको तलब सुनिश्च’ततालाई लक्षित गरी सो व्य’वस्था सार्व’जनिक गरेको हो ।

यो योजना सार्वजनिक गरिएसँगै साउदी अरबमा रोजगारीका लागि आएका झण्डै छ लाख नेपाली कामदार लाभान्वित हुने आशा गरिएको छ । तलब पाउन नसकेका र सम्झौ’ता अवधि सकिएर पनि स्वदेश फर्किन नपाएका नेपाली कामदारका लागि यो व्यवस्थाले राहत पुग्ने विश्वा’स लिइएको छ ।

निजी कम्पनीमा कार्यरत कामदारले नि’श्चित समयमै तलब पाउने गरी ल्याइएको यो व्यवस्था लागू गर्न सरकार प्रति’बद्ध रहेको साउदीका श्रम निरीक्षण तथा वातावरण विकास मन्त्री अब्दु’ल्लाह अ’बुले बताए।

सार्वजनिक गरिएको नयाँ व्यवस्थाअनुसार सबै निजी कम्पनीले आफ्ना कामदारलाई समयमै तलव भु’क्तान गर्नुपर्ने अरब न्यूजमा प्रकाशित समाचारमा उल्लेख गरीएको छ । यो व्यवस्थाले रोजगारदाता कम्पनी र कामदारका बीचमा देखिएको सम’स्या समाधान गर्ने विश्वास लिइएको छ ।

यो व्यवस्थाको उल्ल’ङ्घ’न गर्ने कम्पनीलाई प्र’तिकामदारका आधारमा तीन हजार साउदी रियल जरिवाना गरिने बताइएको छ । नयाँ नि’यमअनुसार कामदारलाई निरन्तर तीन महिनासम्म तलबभत्ता उप’लब्ध नगराएको ख’ण्डमा क’म्पनी ब’न्दसमेत गरिनेछ र उक्त कम्पनीमा कार्यरत कामदारले स्वतः अन्य कम्पनीमा काम गर्न पाउनेछन् ।

यो व्यवस्था दुई महिनापछि सबै निजी कम्पनीमा लागू हुने भएकाले आफ्नो कम्पनीमा कार्यरत कामदारको वि’वरण पठाउन मन्त्रालयले आ’ग्रह गरेको छ ।

प्रकाशित मिति : २०७९ असोज २८ गते शुक्रवार