सन्दीपलाई बला’त्कार आरोप लगाउने युवतीका दुईवटा जन्मदर्ता, नाबालिग नभएको दाबी



सन्दीपलाई बला’त्कार आरोप लगाउने युवतीका दुईवटा जन्मदर्ता, नाबालिग नभएको दाबी

काठमाडौं। सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने युवती नाबालिग नरहेको उनका कानुन व्यवसायीले दाबी गरेका छन्। ती युवतीको दुईवटा जन्मदर्ता भेटिएको र नाबालिग नरहेको पाइएको सन्दीपका कानुन व्यवसायी सुधा रिजालको दाबी छ ।

सन्दीपलाई सोमबार काठमाडौं जिल्ला अदालतमा म्याद थपेपछि उनका कानुन व्यवसायी सुधा रिजालले पीडित भनिएकी युवतीका दुईवटा जन्मदर्ता रहेको र उनी नाबालिग नरहेको आफूसँग बलियो प्रमाण रहेको दाबी गरिन् । उनलाई जिल्ला अदालत काठमाडाैंले ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएकाे छ ।

चार दिनअघि पक्राउ परेपनि सार्वजनिक विदाका कारण सन्दीपलाई अदालत लगेर अनुसन्धानका लागि म्याद लिइएको थिएन। दसैँ बिदा सकिएर सोमबार अदालत खुल्ने भएकाले सन्दीपलाई उपस्थित गराएकाे हाे ।

सन्दीप विदेशमा रहेका बेला उनीमाथि बलात्कारको आरोप लागेको थियो । प्रहरीका अनुसार सन्दीपविरुद्ध १७ वर्षकी किशाेरीले बलात्कारकाे आराेप लगाएकी छन् ।

पक्राउ पुर्जी जारी भएको झन्डै एक महिनापछि सन्दीप प्रहरीलाई जानकारी दिएर नेपाल फर्किएका थिए। उनले आत्मसमपर्ण गर्ने इच्छा व्यक्त गरेपनि प्रहरीले त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेको थियो।

प्रकाशित मिति : २०७९ असोज २४ गते सोमवार