कमेडियन हिमेश पन्तले दिए धादिङ- १ मा उम्मेदवारी



कमेडियन हिमेश पन्तले दिए धादिङ- १ मा उम्मेदवारी

कमेडी च्याम्पियन्सका विजेता हिमेश पन्तले धादिङको क्षेत्र नम्बर १मा उम्मेदवारी दिएका छन्।उनले रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट घण्टी चिन्ह लिएर प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्न लागेका हुन्।

आइतबार मनोनयन दर्ता गराउने दिन निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दिएका हुन्।आफूले मनोनयन पत्र दर्ता गराएको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।

आफ्नै पोष्टमा कमेन्ट गर्दै उनले लेखेका छन्, ‘घण्टी बजाउनै पर्ने भएको छ। देश बनाउनै पर्ने भएको छ।’

प्रकाशित मिति : २०७९ असोज २३ गते आइतवार