राप्रपाबाट मोरङ –३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएकी अभिनेत्री रेखा थापालाई जितका लागि पूर्वपति तथा फिल्म निर्माता छविराज ओझाले जितको शुभकामना दिएका छन् । छविले सामाजिक सञ्जालमा एक स्ट्याटस पोष्ट गर्दै शुभकामना दिएका हुन् ।
रेखाको साहस, आँट र नेतृत्वदायी क्षमता आफूले नजिकबाट नियालेको समेत बताएका ओझाले राजनीतिक यात्राको सफलताको लागि भन्दै शुभकामना दिएका हुन् ।
छविले सामाजिक सञ्जालमा लेखेका छन् ‘कलिलो उमेरमै नेपाली सिनेक्षेत्रमा प्रवेश गरेर नेपाली सिने क्षेत्रकै गौरव बन्न सफल–चलचित्र मार्फत नारी आवाजलाई बुलन्द गर्दै दशौं वर्षसम्म शीर्ष स्थानमा रहन सफल, क्रान्तिकारी मान्यता बोकेकी आँटिली हिम्मतवाली नायिका हाल राप्रपाको नेतृ – रेखा थापाले प्रतिनिधि
सभा सदस्य निर्वाचनका लागि मोरङ क्षेत्र नं– ३ बाट उम्मेदवारी दर्ता गरेकी छिन् । रेखाको साहस, आँट र नेतृत्वदायी क्षमतालाई मैले नजिकबाट चिनेको छु । तपाईँको राजनीतिक यात्रा सफल रहनेमा म ढुक्क छु । रेखाजी तपाईँलाई जीतको लागि अग्रिम शुभकामना ।’





