कांग्रेस महामन्त्री गगन थापाले दिए काठमाडौं ४ बाट उम्मेदवारी दर्ता
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर थापाले उम्मेदवारी दर्ता गराएका हुन्। यसअघि २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि थापा निर्वाचीत भएका थिए।
एमालेका राजन भट्टराईलाई ३ हजार ४ सय ११ मतले पछि पार्दै थापाले जित हासिल गरेका थिए । यो पटकपनि थापासँग नै भट्टराई चुनावी मैदानमा भिड्नेछन् ।
प्रकाशित मिति : २०७९ असोज २३ गते आइतवार





