काठमाडौंः अविरल वर्षापछि आएको पहिरोका कारण काठमाडौंको चन्द्रागिरिमा एकै परिवारका तीन जनाको ज्यान गएको छ।
चन्द्रागिरि नगरपालिका–२ देउराली नजिक मसिने जाने बाटोमा रहेको ध्यान केन्द्र पहिरोले पुरिँदा त्यहाँ बस्दै आएका तीन जनाको ज्यान गएको वडाध्यक्ष भाइकृष्ण तामाङले जानकारी दिए।
उनका अनुसार ज्यान गुमाउनेमा काभ्रेको धुलिखेल नगरपालिका–१२ स्थायी घर भएका ५२ वर्षीय राजु श्रेष्ठ, उनकी ४५ वर्षीया श्रीमती गीता र १८ महिनाकी छोरी सारथीको ज्यान गएको हो।
पहिरोमा पुरिएका उनीहरूको शव निकालिएको वडा अध्यक्ष तामाङले बताए।
प्रकाशित मिति : २०७९ असोज २१ गते शुक्रवार





