मलेसियामा न्युनतम तलब बढ्दा सबै कामदारको तलब २५ प्रतिशतले वृद्धि भयो
मलेसियाले निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारको मासिक पारिश्रमिक २५ प्रतिशतले वृद्धि गरेको छ ।मलेसिया सरकारले सबै कामदार न्युनतम तलब १५ सय रिंगेअत दिए संगै सबैको तलब २५ प्रतिशतले वृद्धि भएको हो ।जुन न्युनतम तलब मे १ देखी लागू भैसकेको छ ।
सो संगै महङी तथा अन्य सुबिधा जोडिएको तलब मापनमा वृद्धि गर्ने समेत जनाएको छ ।मलेसिया सरकारले अघिल्लो बर्ष अक्टोबरमा घोषणा गरिएअनुसार एक सय रिंगिटले वृद्धि भएको न्युनतम मासिक पारिश्रमिक पुनः वृद्धि गर्ने जनाएको हो । न्युनतम तलबको बारेमा तोकेर नै १५ RM बनाउनु पर्ने भनेको सरकार अन्य सुबिधा जोडिएको तलब मापन भने कति ले वृद्धि गर्छ भनेको छैन ।
स्थानीय सञ्चारमाध्यमका अनुसार घरेलु क्षेत्रमा कार्यरत कामदार सहित सबै कामदारका हकमा उक्त नयाँ पारिश्रमिक लागू हुनेछ । मलेसियामा कामदारको तलब मासिक कतिले वृद्धि हुनेछ भन्ने कुराहरु समाचार एजेन्सिले खोलुलाएको भने छैन ।
समाचार एजेन्सीहरुले बताए अनुसार मलेसियामा लागू भएमा अब मलेसियामा निजी क्षेत्रमा कार्यरत सबै स्थानीय र विदेशी दुबैखाले कामदारले बढेको पारिश्रमिक पाउनेछन् ।
यो नीति पूर्ण रुपमा लागू भएमा यहांका विभिन्न क्षेत्रमा कार्यरत ५ लाखभन्दा बढी नेपाली यसबाट लाभान्वित हुनेछन् ।मलेसियाले गत सन् २०१२ मे दिवसको अवसर पारेर पहिलोपटक न्युनतम पारिश्रीमक लागूसम्बन्धी नीति घोषणा गरेको थियो ।
यहां बहुसंख्यक नेपाली पश्चिमी मलेसियामा कार्यरत रहेका छन् भने पूर्वी मलेसियामा काम गर्ने नेपालीको संख्या निकै कम छ ।





