मलेसियाबाट फेरी आयो खुसीको खबर :कति बढ्दै छ मलेसियामा रहेका नेपालीको तलब ! हेर्नुस् (सुचि सहित)



कति बढ्दै छ मलेसियामा रहेका नेपालीको तलब ! हेर्नुस् (सुचि सहित)

क्वालालम्पुर — मलेसियाले निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारको न्युनतम मासिक पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेर लागू समेत गरिसकेको छ । मलेसिया सरकारले अघिल्लो बर्ष अक्टोबरमा घोषणा गरिएअनुसार एक सय रिंगिटले वृद्धि भएको न्युनतम मासिक पारिश्रमिक पुनः वृद्धि हुने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ । तर त्यबारेमा मलेसिया सरकारले कुनै आधिकारिक रुपमा बोलेको भने छैन ।

स्थानीय सञ्चारमाध्यमका अनुसार घरेलु क्षेत्रमा कार्यरत कामदार सहित सबै कामदारका हकमा उक्त नयाँ पारिश्रमिक लागू हुनेछ । मलेसियामा कामदारको तलब मासिक कतिले वृद्धि हुनेछ भन्ने कुराहरु समाचार एजेन्सिले खोलुलाएको भने छैन ।

समाचार एजेन्सीहरुले बताए अनुसार मलेसियामा लागू भएमा अब मलेसियामा निजी क्षेत्रमा कार्यरत सबै स्थानीय र विदेशी दुबैखाले कामदारले बढेको पारिश्रमिक पाउनेछन् ।

यो नीति पूर्ण रुपमा लागू भएमा यहांका विभिन्न क्षेत्रमा कार्यरत ५ लाखभन्दा बढी नेपाली यसबाट लाभान्वित हुनेछन् । मलेसियाले गत सन् २०१२ मे दिवसको अवसर पारेर पहिलोपटक न्युनतम पारिश्रीमक लागूसम्बन्धी नीति घोषणा गरेको थियो । हाल मलेसियामा न्युनतम तलब १५ सय रिंगेट रहेको छ ।

यहां बहुसंख्यक नेपाली पश्चिमी मलेसियामा कार्यरत रहेका छन् भने पूर्वी मलेसियामा काम गर्ने नेपालीको संख्या निकै कम छ ।

प्रकाशित मिति : २०७९ असोज १३ गते बिहिवार