रवि लामिछानेको पार्टीबाट प्रतिनिधिसभा चुनाव लड्दै हिमेश पन्त



रवि लामिछानेको पार्टीबाट प्रतिनिधिसभा चुनाव लड्दै हिमेश पन्त

कमेडी च्याम्पियनको पहिलो सिजनका विजेता हिमेश पन्त आगामी संसदीय चुनावमा प्रतिनिधिसभातर्फ उमेदवार बन्ने भएका छन् । पन्त रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा उमेदवार बन्न लागेका हुन् ।

स्वतन्त्र पार्टीको तर्फबाट धादिङ क्षेत्र नम्बर १ मा आफू उमेदवार सिफारिस भएको हिमेशले बाह्रखरीलाई जानकारी दिए । “पहिलेदेखि नै राजनीतिमा लाग्छु भन्ने सोच थियो,” हिमेशले भने, “पटक पटकको छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएको हुँ ।”

प्रकाशित मिति : २०७९ असोज १२ गते बुधवार