युएईको यो निर्णयले नेपालीलाई राहत !



युएईको यो निर्णयले नेपालीलाई राहत !

दुबईले आवासीय भिसा भएका तर कोरोनाको कारण यूएई फर्कन नपाएका आप्रवासी श्रमिकको भिसा आउँदो डिसेम्बर ९ सम्म स्वतः बढाइदिने भएको छ ।
रोजगारी, जिवनस्तर र सहजताको लागि उपयुक्त रोजगारीको लागि मानिदै आएको युएईमा नेपालीहरुको संख्या उलेख्य रहेको छ ।

मिनि युरोपको नामले परिचित युएईमा सुरक्षा र सुबिधा संगै बेसिक तलबको कुरामा राम्रो रहेकोले युएई रोजगारीको लागि नेपालीको लागि आकर्षण केन्द्रको रुपमा रहदै आएको छ ।

यस्तोमा कोरोना महामारीको कारण यूएईले यात्रामा प्रतिबन्ध लगाउँदा यूएई फर्कन्न नपाएका र यही अवधिमा भिसाको अवधि सकिएका आप्रवासी श्रमिकको भिसा अवधि आउँदो डिसेम्बर ९ सम्म स्वतः बढाइदिने भएको हो ।

कोरोना महामारीको कारण नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का लगायतका देशका नागरिकलाई यूएईले यात्रामा प्रतिबन्ध लगाएको थियो । तर पछिल्लो समय गएको अगस्ट ५ देखि विभिन्न स्वास्थ्य सुरक्षाको मापदण्डसहित यूएईले प्रवेश खुला गरेको छ ।

जो प्रतिबन्धका कारण यसअघि यूएई फर्कन पाएनन् उनीहरूको आफ्नो भिसाको अवस्था अनलाइनमार्फत पनि जाँच गर्न सक्छन् ।यूएई जानु पूर्व नै यात्राको लागि अनुमति लिनुपर्छ भने अन्य स्वास्थ्य सुरक्षाको मापदण्ड पनि अनिवार्य पालना गर्नुपर्छ ।

उता युएईकै दुबई राज्यले नेपाली नागरिकलाई खोप प्रमाणपत्र आवश्यक नहुने जनाएको छ । जसले गर्दा युएई फर्कने नेपालीको लागि ठूलो राहतको बिषय बनेको छ ।तर दुबईले भने यात्रुले आफ्नो साइटमा गएर यात्राको विवरण भर्नु पर्ने जनाएको छ ।

प्रकाशित मिति : २०७९ असोज १२ गते बुधवार