खुसीको खबर : अब कतारले पनि शून्य लागतमा नेपाली श्रमिक लैजाने



खुसीको खबर : अब कतारले पनि शून्य लागतमा नेपाली श्रमिक लैजाने वैदेशिक रोजगारमा कतार जानेहरूको लागि केही हदसम्मको लागि भए पनि खुसीको खबर आएको छ ।

पछिल्लो समयमा मलेसियाबाट मात्रै होईन युएई र कतारबाट पनि वैदेशिक रोजगारिको लागि शून्य लागतमा मागहरु आउन थालेका छन् ।शून्य लागतमा वैदेशिक रोजगारको लागि मागहरु आए संगै नेपाली युवाहरुको लागि वैदेशिक रोजगारमा जादा ठूलो रकम ऋण खोजेर जानू पर्ने र कमाएको पैसा ऋणमै जाने अवस्थाको केहिहदसम्म अन्त्य भएको छ ।

तर बिडम्बना के छ भने नेपाली दलाल र केही मेनपावरहरुले नै शून्य लागतमा आएको मागमा समेत चर्को दलाली रकम असुल्ने गरेका छन् ।हालै नेपाली युवाहरुका लागि आएको मागपत्रहरु लगभग ५० प्रतिशत जति माग शून्य लागतमा आएका छन् । जसमा युएई र कतारका राम्रा कम्पनीका समेत रहेका छन् ।

प्रकाशित मिति : २०७९ असोज ११ गते मङ्गलवार