कतारी अमिरको ठुलो घोषणा, बिदेशी कामदारको पनि तलब बढ्ने



कतारी अमिरको ठुलो घोषणा, बिदेशी कामदारको पनि तलब बढ्ने

कतारले आप्रवासी अदक्ष श्रमिकका लागि तोकेको न्यूनतम तलबलाई पुन हेरफेर गर्न राजी भएको समाचार आएको छ ।प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले खाना र बस्नेबाहेक श्रमिकको न्यूनतम तलब एक हजार रियाल (झण्डै ३० हजार रुपैयाँ) तोकेको थियो । यो घरेलु कामदारको हकमा समेत लागू हुनेछ ।

उक्त तलबलाई वृद्धि गर्ने कुरामा कतार सरकार सकारात्मक भएको भनिएको छ ।

अन्तरास्ट्रिय मिडिया अनुसार सबै कम्पनीले अनिवार्य रुपमा न्यूनतम तलबलाई कार्यान्वयनमा ल्याउनुपर्छ । खाडीका ६ देशमध्ये कतारले मात्रै न्यूनतम तलब तोकी कार्यान्वयनमा ल्याएको आएको छ ।

यो तलब कतारमा कार्यरत र नया भिसा लिई जाने सबैको हकमा लागू गरिने समेत बताएको छ । बिश्वकप फुटबल २०२२ कतारमा हुने भए संगै कतारले श्रमिकहरुको लागि नियममा परिवर्तन ल्याउदै श्रमिकको लागि उपयुक्त गन्तब्य बनाउदै आएको छ ।

कतारस्थित नेपाली दूतावासले सबै श्रमिकले कतार सरकारद्वारा तय गरिएको न्यूनतम तलब पूर्ण रुपमा पाउनेमा विश्वास गरेको जनाएको छ ।

यता नेपाल सरकारले बैदेशिक रोजगारिमा जानेहरुलाई मध्यनजर गर्दै कोरोनाको खोप दिन सुरु गरेको छ । हरेक जिल्लामा बिदेश जानेहरुका लागि खोप दिन थालिएको हो ।

प्रकाशित मिति : २०७९ असोज ११ गते मङ्गलवार