विदेश जान र फर्किन अब नेपाल एयरलाइन्समा आफैले अनलाइनबाट टिकट लिन सकिने, छुट पनि मिल्ने..?



विदेश जान र फर्किन अब नेपाल एयरलाइन्समा आफैले अनलाइनबाट टिकट लिन सकिने, छुट पनि मिल्ने..?

काठमाडौं। नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले साेमवारदेखि आफ्नो उडान सेवा भएका सबै अन्तर्राष्ट्रिय गन्तव्यमा अनलाइन टिकट बुकिङ सुरु गरेको छ। यात्रुले निगमका सबै गन्तव्यका टिकट अनलाइनमार्फत लिन सक्नेछन्।

यात्रुले विश्वको कुनै पनि ठाउँबाट निगमको वेबसाइट www.nepalairlines.com.np बाट अनलाइन बुकिङ् गरी टिकट खरिद गर्न सक्नेछन्। निगमले दिल्ली, मुम्बई, बेंगलाेर, दुबई, दोहा, हङकङ, क्वालालाम्पुर, बैंकक, नारिता र रियादमा सेवा प्रदान गर्दै आइरहेको छ।

अनलाइन टिकेटिङ सेवामार्फत संसारभरका यात्रुलाई टिकट खरिदमा सहजता हुने निगमले जनाएको छ।

प्रकाशित मिति : २०७९ असोज ११ गते मङ्गलवार