रोमानिया जान अब एक पैसा लाग्दैन, सरकारले नै पठाउने तयारी..



रोमानिया जान अब एक पैसा लाग्दैन, सरकारले नै पठाउने तयारी..

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोमानिया रोजगारको लागि सम्झौताको तयारी भईरहेको जनाएको छ । त्यसो त रोमानिया मात्र नभई युरोपका अन्य देशसँग श्रम सम्झौताको प्रयासमा मन्त्रालय जुटेको छ ।

सरकारले युरोपका देशहरुसँग श्रम सम्झौता गर्दा जिटूजी मोडलबाटै कामदार पठाउने गरि सम्झौता गर्ने जनाएको छ । हालसम्म सरकारले जिटूजी मोडलबाट कोरिया, इजरायल, जापान र बेलायतसँग समझदारी गरेको छ ।

पछिल्लो समय ठूलो संख्यामा स्वास्थ्य सेवाको लागि जनशक्ति पठाउन बेलायतसँग सम्झौता गरेको थियो । त्यस्तै सम्झौता अब रोमानियासँग हुने तयारी भएको श्रम मन्त्रालयले जानकारी दिएको छ ।

हालसालै मात्र सरकारले रोमानिया रोजगारको सहजताका लागि श्रम तथा रोजगार कार्यालय ताहाचलमा तीन महिनाका लागि अस्थायी रोमानियन मिसन खडा गरेको अवस्था छ ।

रोमानिया रोजगारको लागि यो कार्यालय नेपालमै स्थापना भएपछि रोमानिया रोजगारको भिसा प्रक्रिया सहज भएको छ । यस अघि रोमानिया रोजगारको भिसा प्रक्रियाको लागि भारतसम्म जानुपर्ने बाध्यता हटेको छ ।

सरकारी तयारी अनुसार दशैं अघिनै रोमानियासँग श्रम सम्झौता हुने तयारी भए अनुसार जिटूजि मोडलबाटै रोमानिया जान सक्ने गरि सम्झौता भएमा त्यसका लागि आवश्यक कदम चालिने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जिटूजी मोडलबाटै रोमानियासँग सम्झौता गर्न सके हाल रोमानिया रोजगारको लागि कम्तिमा ५ देखि ८ लाखसम्म लिने बेथितिको समेत अन्त्य हुने बताइएको छ ।

रोमानियाको राजधानी र सबैभन्दा ठूलो सहर बुखारेस्ट हो । रोमानियामा आधिकारिक रुपमा रोमानियन भाषा बोलिन्छ । यहाँ झन्डै ९० प्रतिशत रोमानियनहरु, ६ प्रतिशत हङ्गेरीयनहरु, ३ प्रतिशत रोमानीहरु र १ प्रतिशत अन्यको बसोबास छ । यहाँको साशन प्रणाली एकात्मक राष्ट्रपति प्रणालीमा आधारित छ ।

क्षेत्रफलको हिसावले रोमानिया नेपालभन्दा ठूलो छ । जसको क्षेत्रफल २ लाख ३८ हजार ३९७ बर्ग किमी रहेको छ । यहाँको नागरिकको प्रति व्यक्ति आय झन्डै ३० हजार अमेरिकी डलर रहेको छ । रोमानिया, मानव विकास सूचकाङ्कमा ५२औं स्थानमा रहेको छ र एउटा उच्च आय भएको अर्थव्यवस्था रहेको विकासशील देश हो ।एउटा निर्माता र मेसिनको शुद्ध निर्यातक, अटोमोबाइल एनर्जी र ओएमभि पेट्रोमजस्तो कम्पनीहरु यहाँ रहेका छन् ।

प्रकाशित मिति : २०७९ असोज ११ गते मङ्गलवार