मलेसिया यो कम्पनीले १००० नेपालीका लागि शुन्य लागतमा मलेसिया लैजाने.. मलेसियाको प्रतिष्ठित माइटेक एण्ड एसेम्ब्ली कम्पनीमा नेपालीहरुका लागि सुबर्ण रोजगारीको अवसर आएको छ।
मलेसियाको प्रतिष्ठित माइटेक एण्ड एसेम्ब्ली कम्पनीमा १ हजार जना नेपाली कामदारको माग गरिएको हो । कम्पनीमा १ हजार जना पुरुषको माग गरिएको छ ।कम्पनीले औधोगिक कामदार (factory worker) पदका लागि १ हजार जनाको लागि रोजगारीको लागि बिज्ञापन खुलाएको छ | उक्त कम्पनीमा न्युनतम मासिक तलब रु. ४२,७२० देखि ५०,००० सम्म हुने छ | डिमाण्डको लट. नं. २६९२५२ रहेको छ |
कामदारहरूले कम्पनीबाट नै खाना र बस्नको लागि उचित सुविधा पाउने छन् । अन्य सुविधामा दैनिक ८ घण्टा कम गर्नुपर्ने, हप्तामा ६ दिन काम गर्नुपर्ने, बर्षमा कम्पनीको निएम अनुसार बिदा हुने, करार अबधि २ बर्ष हुने व्यवस्था छ |
उनीहरूले चाहेमा थप वर्षका लागि पनि आवेदन दिन सक्छन्। साथै ओभर टाइमको पनि व्यवस्था रहेको छ।





