नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानका टिकट अब अनलाइनबाटै
नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानमा अनलाइन टिकट बुकिङ सेवा सुरु गरेको छ ।सोमबारदेखि सबै अन्तर्राष्ट्रिय उडानमा अनलाइन बुकिङ इन्जिन’मार्फत टिकट बुकिङ सुरु गरेको एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।
उनका अनुसार अब भने नेपाल एयरलाइन्सको वेवसाइटबाट विश्वको जुनसुकै कुनाबाट नेपाल एयरलाइन्सको टिकट बुकिङ गर्न सकिने भएको छ ।
निगमले अहिले नयाँ दिल्ली, मुम्बई, बैङ्लौर, दुबई, दोहा, हङकङ, क्वालालाम्पुर, नारिता र रियादमा उडान गरिरहेको छ । निगमले लामो समयदेखि अनलाइन टिकेटिङ सेवा थाल्ने बताए पनि कार्यान्वयनमा ल्याउन सकेको थिएन ।
प्रकाशित मिति : २०७९ असोज १० गते सोमवार





