शिक्षक सेवा आयोगको वार्षिक कार्यतालिका सार्वजनिक, स्थायी शिक्षकको परीक्षा फागुनमा



काठमाडौं । शिक्षक सेवा आयोगले वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले आर्थिक वर्ष २०७९८०को कार्यतालिका सार्वजनिक गरेको हो । कार्यतालिका अनुसार १७ हजार २ सय २३ शिक्षकको नयाँ पदपूर्तिको लागि खुला विज्ञापन मंसिरमा गर्ने र सामान्य परीक्षा फागुन र विषयगत परीक्षा जेठमा गर्ने उल्लेख छ ।

कार्यतालिकामा प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहको द्वितीय र प्रथम श्रेणीमा बढुवाका लागि पदपूर्तिको खुला विज्ञापन मंसिरमा गर्ने उल्लेख छ। यस्तै, बाँकी रहेका केहि पाठ्यक्रम बनाउने प्रक्रियामा रहेको पाठ्यक्रम छिट्टै आयोगको साइटमा राख्ने तयारी गरेको छ ।

यस्तो छ कार्यतालिका

प्रकाशित मिति : २०७९ असोज ८ गते शनिवार